रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई वार्तामा बोलायो
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २८ गते १४:२७
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन् । राष्ट्रपति पुटिनले अब शान्ति वार्ताका लागि कुनै ढिलाइ नगरी आगामी मे १५ बाट वार्ता सुरू गर्नु पर्ने बताएका छन् । ‘हामी द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्नको लागि गम्भीर वार्ता खोज्छौं,’ उनले शनिबार राति क्रेमलिनबाट टेलिभिजन मार्फत भने ।
बेलायतका प्रधानमन्त्री सर केयर स्टारर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत युरोपेली नेताहरूले युक्रेनको भ्रमण गरेका छन र रुसलाई बिना सर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरे लगत्तै पुटिनको यो अभिव्यक्ति आएको हो।
यसपछि मस्कोले प्रेस विज्ञप्ति जारी गर्दै यो सोचनीय विषय भए पनि अनावश्यक दबाब उपयुक्त नहुने चेतावनी दिएको छ । आफ्नो विज्ञप्तिमा पुटिनले टर्कीको राजधानी इस्तानबुलमा हुने प्रस्ताव गरेको वार्ताको क्रममा रुस र युक्रेनले नयाँ युद्धविराम सहमत हुन सक्नेछन् भन्ने कुरालाई अस्वीकार नगर्ने बताएका छन् । त्यसका लागि रुसी नेताले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार कुरा गर्नेसमेत बताएका छन् । पुटिनको प्रस्तावमा कीभले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
Facebook Comments