Loading...
Ad Image

महाकालीको माछा बेचेर जीविका चलाउँदै इन्दु राई

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/indu.PNG

कञ्चनपु । भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान  झिसमिसेमै महाकाली नदी धाउँछिन् । महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आएकी छिन्। 

माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताइन् । उनले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्छिन् । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उनले बिक्री गछ्र्रिन् । 

“ताजा माछाको माग बढी हुन्छ,” राईले भने, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उनको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्छिन् । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्छिन्। नदीमा ढुङ्गा हुने भएकाले जाल थाप्न अप्ठेरो हुने गरेको उनको भनाइ छ । 

माछा बिक्री गरेर महिनामा रु ३० हजारदेखि रु ३५ हजारसम्म कमाई हुने गरेको राई बताउँछिन् । उनीसँग घर छ तर खेतीपाती गर्न जग्गा छैन । अन्न, नुन, तेल, लुगाफाटो, औषधोपचार, बालबालिकाको विद्यालयको खर्चलगायत आवश्यकता उनले माछा बिक्री गरेको आम्दानीले धान्ने गरेकी छिन्। माछा मार्न उनी समूह बनाएर जाने गर्छिन् । 

राईसँगै माछा मार्दै आएकी पार्वती चौधरी महाकाली नदी जीविका चलाउने एक मात्रै साधन भएको बताउँछिन् । घरको सबै खर्च माछा बिक्रीबाट आएको आम्दानीले धानिएको  उनले बताइन्। “विगतको तुलनामा नदीमा थोरै माछा पाइन्छ, माछाको खोजीमैदिन बित्छ”, चौधरीले भनिन् । महाकालीमा महासिर, सिलर, रैना, असला, मगरीलगायत जातका माछा पाइन्छन ।