Loading...
Ad Image

सार्वजनिक सवारीसाधन बन्द हुँदा यस्तो देखियो काठमाडौंका सडक (फोटोफिचर)

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ab1.jpg

तस्बिर: राहुल कुमार ढकाल /मेयरसाप डटकम

काठमाडौं । आज देशभर सार्वजनिक सवारीसाधन ठप्प छ । विशेष गरेर काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले यातायात सेवा बन्द गरेका हुन् । 

सार्वजनिक यातायात बन्द हुँदा काठमाडौंका सडकहरु सुनसान बनेका छन् । कार्यालय समयमा सवारी साधन पर्खिएर बसेका यात्रुको भीडभाड देखिएको थियो । तर दिउँसो तिर सडकमा मानिसको संख्या समेत  खास्सै देखिएको छैन । 

यातायात बन्द हुँदा सर्वसाधारण मारमा परेका छन् । गाडी नचलेपछि पुग्नै पर्ने ठाउँमा जानका लागि मानिसहरुले राइड सेयरिङको प्रयोग गर्न बाध्य छन् । राइड सेयरिङ सेवामा समेत मौकाको फाइदा उठाउँदै राइडरहरुले बढी मूल्य लिने, अफलाइन बार्गेनिङ गर्ने जस्ता समस्या भइरहेको सर्वसाधारण बताउँछन् ।