Ad Image

अनियमितता भएको भए कर्मचारीबाट भएको होला, मेरो संलग्नता छैन: पूर्वप्रधानमन्त्री नेपाल

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhav.PNG

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीवार आफूविरुद्ध मुद्दा दायर भएपछि रौतहटस्थित पार्टी कार्यालयमा प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुनसक्ने बताएका हुन् । 

उनले पतञ्जलिजस्तो संस्थामा अनियमितता भएको आफूले कल्पना पनि गर्न नसकेको बताएका छन् । उनले भने, ‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन । जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला, मेरो संलग्नता छैन ।’

उनले नेपाली जनता स्वस्थ रहून् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको समेत बताए । उनले आफूले अहिलेसम्म बदमासी नगरेकाले मुद्दा दर्ता हुँदैमा नडराउने बताएका छन् ।