Ad Image

सामाजिक सुरक्षा कोषमा समेट्नु पर्ने प्रदेश तथा स्थानीय तहका करार सवारी चालकको माग

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yamlal-kadel.jpg

कर्णाली । कर्णाली प्रदेशमा कार्यरत करार सेवाका सवारी चालकहरुले सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने माग गर्दै नौ बुँदे मागपत्र बुझाएका छन् ।

उनीहरुले स्वीकृत दरबन्दीभित्रका श्रेणीविहीन कर्मचारीहरुलाई सामाजिक सुरक्षा ऐन, २०७४ तथा नियमावली, २०७५ ले प्रदत्त गरेको अधिकार बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग गर्दै आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल तथा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह समक्ष माग पत्र बुझाएका हुन् ।

सरकारी तथा संस्थान सवारी चालक एशोसियशन कर्णाली प्रदेशका उपाध्यक्ष हरि खरेलले सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम २ को खण्ड (घ) बमोजिम यस कार्यक्रममा समेट्ने व्यवस्था मिलाउन माग गरिएको बताए।

खरेलका अनुसार कर्णालीमा प्रदेश तथा स्थानीय तहमा काम गर्ने श्रेणीविहीन हलुका सवारीचालक करिब २५० र त्यही हाराहारीमा कार्यालय सहयोगी छन् ।