Ad Image

गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको निर्देशन–दरबन्दीभन्दा बढी कर्मचारी नराख्नू

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pm office.PNG

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयले गृह र संघीय मामिलालाई पत्र लेख्दै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न र कर्मचारीलाई सात दिनभित्र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

यो निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कार्बाही गर्ने चेतावनी समेत प्रधानमन्त्री कार्यालयले दिएको छ ।

गृह मन्त्रालयअन्तर्गत अध्यागमन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, केही  जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखी खटनपटन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

अख्तियारले त्यसको जानकारी गराउँदै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो। प्रधानमन्त्री कार्यालयले गत जेठ २१ गते यी दुई मन्त्रालयलाई पत्र पठाउँदै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न र दरबन्दीअनुरूपको कर्मचारीहरू सात दिनभित्र पदस्थापन र व्यवस्थापन गर्न निर्देशन दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवम् गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि यसबारे चासो राखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।