गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको अडान कायमै, प्रतिनिधि सभा आधा घण्टालाई स्थगित


काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन् ।
आज २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएपनि विपक्षीले अवरोध गर्दा कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।