टोखामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न ७ राउण्ड गोली प्रहार, ७ महिनादेखि पछ्याइरहेको थियो प्रहरी


काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले सात राउण्ड गोली हानेर चार जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले चार जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
घाइतेमध्ये एक जना पहिला पनि पक्राउ परेर छुटेका थिए । प्रहरीले याे टाेलीलाई गएकाे एक हप्तादेखि पछ्याइरहेकाे थियो । काँकडभिट्टादखि नेपाल छिरेका उनीहरु बंगालका नागरिक हुन् । भरियालाई प्रयाेग गरेर उनीहरु नेपालमा लागूऔषधकाे धन्दा चलाउँथे । आज प्रहरीले दुई जना लागूऔषध काराेबारी सुन्धारामा भेटेपछि सुन्धारादेखि टाेखासम्म पक्राउ गर्न उनीहरुलाई पछ्याएकाे थियो । यो क्रममा हवाइ फायर गरेर पक्राउ गर्न खोग्दा उनीहरुले नयाँ घर बनाइरहेकाे ठाउँमा बसेर प्रहरीलाई नै रड प्रहार गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई घुँडाभन्दा मुनि गाेली प्रहार गरेकाे थियो । गाेली एकजनालाई दुईवटा र एकजनालाई एक वटा लागेकाे प्रहरीले जनाएकाे छ । अन्य दुईजनालाई गाेली लागेकाे छैन ।
बाँकी चार राउण्ड भने हवाइ फायर भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा पक्राउ परेका दुई जनालाई प्रहरी अस्पताल हुँदै उपचारका लागि टिचिङ पठाइएको छ ।
पक्राउ परेका मध्ये एक जना लागूऔषध कारोबारमै दुई वर्षअघि समातिएका व्यक्ति हुन् । उनी केही महिना थुनामा बसेर धरौटीमा छुटेका थिए । उही व्यक्ति पुन: लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले करिब ६,७ महिनादेखि पछ्याइरहेको थियो । यो बीचमा उनलाई प्रहरीले एक पटक समाएको पनि थियो । तर लागूऔषध नभेटिएकाले उनी छुटेका थिए । पछिल्लो पटक भने प्रहरीले उनीहरुलाई समानसहित पक्राउ गर्ने उद्देश्यले एक सातादेखि सुक्ष्म रुपमै पछ्याएको थियो । आज सुनाधारादेखि पछ्याउँदै टोखा पुग्दा उनीहरुले प्रहरीलाई चिने र घर बनाउन थुपारिएको दुई वटा रड प्रहरीमाथि प्रहार गरे । लागूऔषध कारोबारीले रड प्रहार गरेपछि प्रहरीले गोली प्रहार गरेर उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लागूऔषध खैराेहिराेइन काराेबारका मुख्य व्यक्तिहरू हुन् । भारतमा भएको लागूऔषधको डिलरका संचालक नै उनीहरु नै भएको दाबी गर्दै प्रहरीले यस घटनामा जोडिएका भरिया बाहेक सबै पक्राउ परेको जनाएको छ । १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगरसहित पक्राउ परेका चारै जनालाई १५ देखि २० वर्षसम्मको जेल सजाय हुने प्रहरीको अनुमान छ ।
याे पनि पढ्नुहाेस्
टोखामा गोली हानेर प्रहरीले समायो लागुऔषध कारोबारी, २ जना प्रहरी पनि घाइते