Ad Image

टोखामा गोली हानेर प्रहरीले समायो लागुऔषध कारोबारी, २ जना प्रहरी पनि घाइते

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-10 at 4.51.43 PM.jpeg

काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको छ । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी समेत घाइते भएका छन् । रवीन्द्र केसी र नवराज घिसिङ घाइते भएको प्रहरीले जनाएको छ ।