तनहुँमा करेन्ट लागेर किशोरीको मृ*त्यु


तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । सोमवार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर १५ वर्षीया निर्मला कुमालको मृत्यु भएको हो ।
हाइटेन्सन लाइनमा छोइँदा कुमाल घाइते भएकी थिइन् । कुमालको बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।