Ad Image

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durga_prasain.jpg

काठमाडौं । गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । 

प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई डिल्लीबजार कारागार चलान गरिएको हो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई बिहीवार राति थुनामा पठाउन आदेश गरेका थिए । अदालतको आदेशअनुसार उनीहरुलाई शुक्रवार कारागार चलान गरिएको हो ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।