स्थानीय तहलाई संघीय मामिलाको निर्देशन–१० दिनभित्र विदेश भ्रमणको विवरण उपलब्ध गराउनु


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको विकास सहायता समन्वय शाखाले बुधवार महानगरपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई स्थानीय तहको दोस्रो निर्वाचन पश्चात् पदाधिकारी तथा कर्मचारीले गरेको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले स्थानीय तहको दोस्रो निर्वाचन भई पदाधिकारीहरूले पदभार सम्हालेको मितिदेखि हालसम्म पदाधिकारी र कर्मचारीहरुको विदेश भ्रमणको विवरण १० दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ ।
पत्रमा भनिएको छ, ‘स्थानीय तहको दोस्रो निर्वाचन भई पदाधिकारीहरूले पदभार सम्हालेको मितिदेखि हालसम्म त्यहाँका पदाधिकारी तथा कर्मचारीहरूको विदेश भ्रमणको विवरण तपसिल बमोजिमको ढाँचामा १० दिनभित्र त्र [email protected] मा उपलब्ध गराइदिनु हुन मिति २०८२/२/२८ को निर्णय (सचिवस्तरीय) अनुसार अनुरोध छ।'