Ad Image

प्रतिनिधिसभा बैठक राप्रपाका सांसदद्वारा बहिष्कार

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za raprapa.PNG

काठमाडौं । संसद्मा जारी अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यसूची अघि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरू बैठक छाडेर बाहिरिएका छन् ।

गृहमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेल घेरेर नाराबाजी गरिरहेको छ भने राप्रपाका सांसदहरू आ–आफ्नो सिटमै उभिएर विरोध जनाइरहेका थिए । तर केहीबेरपछि राप्रपाका सांसदहरू असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।

यस्तो अवस्थामा सभामुखले आकस्मिक समय सञ्चालन गरिरहेका छन् । अर्थमन्त्री बार्षिक बजेटमाथि बोल्न रोष्ट्रम पुगेका बेला एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गराउँदै निष्पक्षता कायम राख्न आग्रह गरेका थिए ।