Ad Image

कञ्चनपुरमा श्रीमानद्वारा श्रीमतीको ह*त्या, अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको ह*त्या

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Hatya.jpg

काठमाडौं । घरायसी विवादका कारण दुई फरक स्थानमा भएका हत्या घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलका ५० वर्षीय कालु सुनारलाई आफ्नी ४८ वर्षीया श्रीमती जुना देवी सुनारको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

झगडाको क्रममा घाँटी च्याप्दा गम्भीर घाइते भएकी जुना देवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा कालुलाई धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकबाट पक्राउ गरिएको हो ।

उता, अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ शिख्रकी २७ वर्षीया मेखमाया कुमालले आफ्ना ३८ वर्षीय श्रीमान् रामु कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेकी छन् ।

झगडाको क्रममा गरिएको आक्रमणमा रामुको घटनास्थलमै मृत्यु भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बल्कोट र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो ।

दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।