Ad Image

बागमती प्रदेशको बजेट सार्वजनिक समय परिवर्तन

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bagmati-pradesh-sabha.jpg

हेटौँडा । बागमती प्रदेश सरकारले आइतबार दिउँसो ३ बजे सार्वजनिक गर्ने भनिएको आगामी आर्थिक वर्षको बजेट साँझ ६ः३० बजेसम्मका लागि सारिएको छ ।

बजेट निर्माण प्रक्रियामा दलहरूबीच समन्वयको अभाव र विषयगत मन्त्रीहरूको असन्तुष्टि देखिएपछि समय सारिएको हो । शनिबार रातिसम्म ६७\६८ अर्बको बजेटमा राजनीतिक सहमति भए पनि आइतबार बिहानसम्म बजेटको आकार ७२ अर्ब रुपैयाँसम्म पुगेपछि समस्या उत्पन्न भएको हो ।

मुख्यमन्त्री शालिकराम लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले थप आयोजना समेट्दा बजेट आकार बढेको हो । तर, स्रोतको अभावका कारण कर्मचारी संयन्त्रले पनि आपत्ति जनाएपछि पुनः समायोजनको काम भइरहेको छ ।

मुख्यमन्त्री लामाका अनुसार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बसेर बजेट पारित गरिनेछ र ६ः३० बजे प्रदेशसभामा बजेट भाषण सुरु हुनेछ ।

प्रदेश सरकारले राजस्वको यथार्थ मूल्यांकनका आधारमा ६७\६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । ७० अर्ब नाघ्ने बजेट स्रोतले धान्न नसक्ने भएकाले त्यसतर्फ नजाने दाबी गरिएको छ ।