Ad Image

कर्णालीमा माओवादीको विरोधपछि बजेट सभा अनिश्चित

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/karnali pradesh shava.jpg

सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले योजना बैंकको पारदर्शिता नहुँदा विरोध जनाएपछि दिउँसो ३ बजेका लागि तय गरिएको प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।

माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेट निर्माण प्रक्रिया अपारदर्शी र एकलौटी भएको भन्दै असहमति जनाएका छन् । उनका अनुसार ’आयोजना बैंक’ सार्वजनिक नगरिएको र त्यसभित्र समेटिएका योजनाबारे स्पष्ट जानकारी नदिइएकोले विरोध गर्नु परेको हो ।

सदनको कार्य व्यवस्था परामर्श समिति बैठक पनि अवरुद्ध भएको छ भने माओवादी बैठकबाट बाहिरिएको छ । यसैबीच, बजेट बोकेर अर्थमन्त्री राजीवविक्रम शाह प्रदेश सभामा पुगिसकेका छन्, तर बैठक सुरु हुन सकेको छैन ।