Ad Image

बूढानीलकण्ठमा २ व्यक्ति र १ कुकुर मृ*त फेला

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death._QneID4qg9D_k7CVY3ODpy.jpg

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र एक कुकुर मृत अवस्थामा फेला परेका छन् ।

मृतकमा भारत चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र धादिङ गल्छी गाउँपालिका–६ की २८ वर्षीया अन्जना तामाङ रहेका छन् । उनीहरू थ्री–स्टार किडजोन स्कुल कम्पाउन्डभित्रको साढे दुई तले घरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

गिल सोही घरमा भाडामा बसेका फोटोग्राफर थिए । उनीहरू बस्दै आएको कोठामा नै शव फेला परेको हो । घटनास्थलमा एउटा कुकुरको शव पनि भेटिएको छ ।

शुक्रबार राति शव फेला परेपछि घटना शंकास्पद ठहर गर्दै प्रहरीले अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानमा हत्या–आत्महत्या हुन सक्ने आशंका गरिएको छ ।