लुम्बिनीमा बजेटसहित ६ प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित


दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यसहित ६ वटा प्रस्ताव स्वीकृत गरेको छ ।
देउखुरीमा आइतबार बसेको बैठकले राजस्व–व्ययको अनुमानसहितको बजेट, विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा कृषि मन्त्री दिनेश पन्थीका अनुसार बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली २०८२, बहुवर्षीय ठेक्का सहमति मापदण्डको संशोधन, सञ्चित कोषबाट खर्चसम्बन्धी विधेयक, सामयिक कर असुली ऐन २०८२ अन्तर्गतको सूचित आदेश लगायत प्रस्तावहरू पारित गरेको छ ।
यसअघि दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक समय परिवर्तन भई साँझ सरेको छ ।