Ad Image

कोशी प्रदेशको आगामी वर्षको बजेट ३५ अर्ब ८७ करोड

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/koshi.jpg

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालू खर्चका लागि, १७ अर्ब १० करोड पूँजीगत खर्चका लागि र १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ ।

यो बजेट चालु आर्थिक वर्षको तुलनामा १.१७ प्रतिशतले बढी हो । चालु वर्षमा प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।