Ad Image

मधेस सरकारको बजेट ४६ अर्ब ५८ करोड

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/budget.jpg

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।  

चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोड अर्थात् ६४.११ प्रतिशत बजेट विनियोजन गरिएको छ । मधेश प्रदेशले सरकारी कर्मचारीहरुलाई दिने महंगी भत्ता बढाएको छ। प्रदेशका अर्थमन्त्री यादवले प्रदेश सरकारले प्रदान गर्दै आएको महंगी भत्तालाई बढाएर ५ हजार पुर्‍याएको उल्लेख गरेका हुन् ।