सहकारी ठगीमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध मुद्दा दायर


काठमाडौं । सहकारी ठगी प्रकरणमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध अभियोग पत्र दायर भएको छ । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा बराललाई फरार प्रतिवादी बनाउँदै पर्सा जिल्ला अदालतमा सहकारी ठगी कसुरको मुद्दा दायर भएको हो । उनीविरुद्ध ५ करोड ५१ लाख ९७ हजार ३५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
गाउँपालिकाको नियमित काममा रहेका बराललाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । सानो पाइला सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको छ । यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको हो। यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् ।