प्रधानमन्त्री लक्षित बालेनको व्यंग्यः बा रोनाल्डो भए पनि मिहिनेत चाहिँ गर्नैपर्छ !


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेरि प्रधानमन्त्री केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् । केही दिनयता सामाजिक सञ्जालमा खासै नदेखिएका मेयर बालेनले आज साँझ सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
उनले चर्चित फुटबल खेलाडी कृस्टिआनोे रोनाल्डो र उनको छोराको तस्बिर राख्दै लेखेका छन्, ‘बुवा कृस्टिआनो रोनाल्डो भए पनि, मिहिनेत चाहिँ गर्नुपर्छ !’ बालेन्द्रको यो व्यंग्य प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकहरूप्रति लक्षित हो भन्ने बुझ्न सकिन्छ । मेयर बालेनले प्रधानमन्त्री ओली र सरकारको चर्को आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री ओलीलाई ‘बा’ सम्बोधन गर्नेहरूले सत्ता र शक्तिको दुरुपयोग गरिरहेको र तिनीहरूलाई प्रधानमन्त्रीले संरक्षण गरेको आरोप लाग्ने गरेको छ।