पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो पेट्रोल र डिजेलको भाउ ?


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्य वृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर रु १५७.५०, दोस्रो वर्गमा रु १५९ र तेस्रो वर्गमा रु १६० पुगेको छ। निगमले बढेको मूल्य आज रातिबाट लागू हुने जनाएको छ।