भैंसीको कुँढो थियो, अहिले कमाइको माध्यम बन्यो–याम्जाकोटेको रायो


कास्कीको मादी गाउँपालिका वडा न ३ याम्जाकोटका किसान मिलेर गतसाल याम्जाकोट कृषक समूह गठन गरे ।
उनीहरुलाई पालिकाले गुन्द्रुक बनाउने तालिम दियो । यो गाउँ पर्यटकीय क्षेत्र हो । अन्नपूर्ण बेस क्याम्प यही बाटो भएर जान्छ ।
यहाँ कृषि उपजको हाताहाती बिक्री हुन्छ । गुन्द्रुक केजीको ६ सयमा बिक्री हुन्छ ।
अघिल्लो सालसम्म सिजनमा खाइ नसकेको रायोको साग भैंसीलाई कुँडो बन्थ्यो । यही सागले यसपाली किसानको गोजीमा थोरै नै भए पनि दाम पुर्याइदियो । अर्को पटकका लागि आम्दानीको बाटो पनि खोलिदियो ।
एउटै दर्जाका सहसचिवहरु, कृषिको सहसचिव र प्रमूख जिल्ला अधिकारीबीच ‘राजा र रैतीको जस्तो सम्बन्ध’ हुने गुनासो प्रशासनमा काम गर्नेहरुकै छ ।
यस समूहका किसानले पहिलो पटक साढे ६ सय ५० केजी गुन्द्रुक उत्पादन गरे । केजीको ६ सयका दरले बेच्दा तीन लाख ९० हजारको गुन्द्रुक बिक्री भयो । ‘पहिलो पटक कस्तो हुने हो भनेर धेरै लगाइएन, यस पटक अरु छिमेकीको बारीसमेत भाडामा लिएर साग उत्पादन गर्ने विचार छ’, समूहका अध्यक्ष सन्तोष कुमार गुरुङ भन्छन् । उनले मात्रैै गत वर्ष ६ केजी गुन्द्रुक उत्पादन गरेर ३६ सय कमाए ।
तीन लाखको लगानीमा याम्जाकोटेहरुले गुन्द्रुक बनाएको अध्यक्ष गुरुङ बताउँछन् । कार्यक्रमबाट किसानको आय बढ्दा पालिकाकी कृषि अधिकृत सबिना भण्डारी पनि हर्षित छिन् । भेटेरीनरी साइन्समा स्नातकोत्तर गरेकी सबिना गत वर्ष मात्र सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनले स्नातक भने कृषि विज्ञानमा गरेकी थिइन् । त्यसैले उनलाई कृषि र पशुपालन दुवै क्षेत्रको प्राविधिक ज्ञान छ ।
सामान्यतया १६ केजी सागबाट एक केजी गुन्द्रुक बन्छ । त्यस हिसाबले हेर्ने भने ६ सयमा बेच्दा धेरै नाफाचाहीँ हुँदैन । तै पनि खेर जानुभन्दा त यो पनि ठिकै देख्छन्, अध्यक्ष सन्तोष । यही गुन्द्रुक इलामको रोङमा भने १५ सय प्रतिकेजीमा बिक्री हुन्छ । स्विसकन्ट्याक्टको सहयोगमा रोङ गाउँपालिकाले निजी क्षेत्रको सहभागितामा उत्पादन गरेको गुन्द्रुकको माग निकै नै धेरै छ । झापाको बिर्तामोड बजार र काठमाडौंमा रोङेलीहरुमार्फत बजार खोज्न तल्लिन छन्, रोङ गाउँपालिका प्रमूख मणिकुमार स्याङ्बो ।
कृषिकर्मीहरु किसानको खेतगोठमा जाँदैनन् भन्ने सुन्दा उनलाई पनि दुःख लाग्दो रहेछ । तर सबिना दिनभर प्रशासनिक काममा व्यस्त हुँदिरहिछन् । विदेशमा खासगरी कृषिको अवस्था सुदृढ भएका मुलुकमा कृषि अधिकृतलाई हेलिकप्टर दिएर किसानको खेतगोठमा पठाइँन्छ । तर हाम्रो देशमा कृषिलाई कमजोर क्षेत्रको रुपमा हेरिने अनुभव प्राविधिकहरुकै छ ।
एउटै दर्जाका सहसचिवहरु, कृषिको सहसचिव र प्रमूख जिल्ला अधिकारीबीच ‘राजा र रैतीको जस्तो सम्बन्ध’ हुने गुनासो प्रशासनमा काम गर्नेहरुकै छ । तर सविनाले भने कृषि क्षेत्रको सुधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । आफूले कृषि शाखा समालेपछि गुन्द्रुक उत्पादनका क्षेत्रमा काम गरेको पनि उनले बताइन् ।
‘किसानले एक लाख लगानी गरे, पालिकाले एक लाख लगानी गरिदियो । यसबाहेक पालिकाकै तर्फबाट प्राविधिक सेवा हन्तारण अन्तर्गत अरु एक लाख जति टनेल र प्लास्टिक ड्रममा खर्च गरियो, यसबाट सोचेभन्दा बढी नै उपलब्धि हासिल भयो’, सबिना भन्छिन् ।
पहिलो पटक किसानले परम्परागत ढंगले नै गुन्द्रुक सुकाए । आगामी वर्षका लागि भने गैरसरकारी संस्था लिबर्डले प्रदान गरेको ड्रायरको सहयोगमा आधुनिक प्रविधिमा आधारित सुकाइ हुने सबिनाले जानकारी दिइन् ।
यस कार्यक्रमलाई थप विस्तार गर्ने पालिका अध्यक्ष देवीजङ गुरुङको तयारी छ । शिक्षणबाट राजनीतिमा लागेका देवीजङको जीवशैली सामान्य छ । उनी जतिबेला भेट्दा पनि कृषिको विकासबारे नै छलफल गर्छन् ।
सामान्यतया १६ केजी सागबाट एक केजी गुन्द्रुक बन्छ । त्यस हिसाबले हेर्ने भने ६ सयमा बेच्दा धेरै नाफाचाहीँ हुँदैन । तै पनि खेर जानुभन्दा त यो पनि ठिकै देख्छन्, अध्यक्ष सन्तोष । यही गुन्द्रुक इलामको रोङमा भने १५ सय प्रतिकेजीमा बिक्री हुन्छ । स्विसकन्ट्याक्टको सहयोगमा रोङ गाउँपालिकाले निजी क्षेत्रको सहभागितामा उत्पादन गरेको गुन्द्रुकको माग निकै नै धेरै छ । झापाको बिर्तामोड बजार र काठमाडौंमा रोङेलीहरुमार्फत बजार खोज्न तल्लिन छन्, रोङ गाउँपालिका प्रमूख मणिकुमार स्याङ्बो ।
गुन्द्रुकको सुरुवात भने चीनबाट भएको मानिन्छ । गुन्द्रुक बिस्तारै युरोप हुँदै दक्षिण एसिया भित्रिएको विश्वास गरिन्छ । खासगरी बारै महिना हरियो सागपात नहुने भएकाले गुन्द्रुक बनाउने प्रचलन आएको मानिन्छ । यसैगरी तरकारीको अनिकाल नपरोस भनेर पनि गुन्द्रुक बनाइन्छ । कोरियामा पाइने किम्ची यसैको आधुनिक रुप हो । किम्चीको निकै राम्रो बजार छ ।
गुन्द्रुक अथवा फर्मेन्टेसन गरिएका खानेकुरा स्वास्थ्यका लागि लाभदायक मानिने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । अमेरिकी खाद्य तथा औषधी प्रशासनको अध्ययन अनुसार फर्मेन्टेड खानामा ल्याक्टो एसिड ब्याक्टेरिया पाइन्छ, जसले हामीलाई खाना पचाउँन सहयोग गर्दछ । यसैगरी फर्मेन्टेड खानामा भिटामिन बी, सी, के पाइने हुनाले स्वाथ्यका लागि असल मानिन्छ ।
यसैगरी गुन्द्रुकमा शरीरलाई आवश्यक पर्ने पाचन ग्रन्थी प्रिबायोटिक्स र प्रोबायोटिक्स पनि पाइन्छ । यिनीहरुले प्रोबायोटालाई प्रवद्र्धन गर्दछन् । प्रोबायोटालाई शरीरको दोस्रो मष्तिष्क पनि मानिन्छ । यसको प्रवद्र्धनमा गुन्द्रुकले सहयोग गर्दछ । यसैगरी लामो समयसम्म भण्डारण गर्न सक्नु र फरक स्वाद हुनु पनि फर्मेन्टेड खानाका गुण हुन् ।
संघीयता लागू भएका विश्वका धेरै मुलुकले स्थानीय आर्थिक विकास (लेड) अवधारणालाई अंगीकार गरेका छन् । यस अवधारणा अन्तर्गत संघीय तथा प्रान्तीय सरकारले स्थानीय पहिचानमा आधारित विकास योजना वा आयआर्जनका माध्यम खोज्न सक्दैनन् । यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्दछ ।
गत वर्ष बागलुङको ताराखोला गाउँपालिका जाँदा त्यहाँ भाँगो फलेको देखिन्थ्यो । गाँजा फलेर दाना बनेपछि त्यसलाई स्थानीय भाषामा भाँगो भनिँदो रहेछ । यही भाँगो काठमाडौंका पसलहरुमा अचार र छोपका लागि बिक्री । ताराखोला बासीहरुका अनुसार अझै पनि गाँजा भनेर भाँगोका रुख फाँड्न प्रहरी आउने गर्छ । भाँगोबाट गाँजा भने उत्पादन नहुने स्थानीयले तर्क गरे ।
नेपालका गाउँघरमा यस्ता धेरै चिज छन् , जसलाई लेड अवधारणाबाट प्रवद्र्धन गर्न सकिन्छ । चियादेखि अलैंचीसम्म र डौठेदेखि चिउरीसम्म । जे होस् , इलामका मणिकुमार र कास्कीका देवीजङबीच सम्पर्क भए याम्जाकोटेको गुन्द्रुक पनि काठमाडौं आइपुग्ला । उनीहरुको पनि कमाइ बढ्ला कि ?