तालिम लिइरहेका ८ जना सशस्त्र प्रहरी जवान बेहोस्, उपचारका लागि हेलिकोप्टरमार्फत लगियो काठमाडौं

User Image मेयरसाप डेस्क | २०८३ जेठ ५ गते १३:५४
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-fc24de73.jpg

धनगढी । कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् । राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस् भएको जानकारी दिए ।

उनका अनुसार बेहोस् हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । अत्याधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।


Facebook Comments