नगरसभा अधिवेशनका कारण महालक्ष्मी नगरपालिकामा सेवा प्रवाह स्थगित


ललितपुर । महालक्ष्मी नगरपालिकाको १८औँ नगरसभा सोमबार (भोली) बस्ने भएको छ । नगरसभाका कार्यक्रमहरू सञ्चालन हुने भएकाले सो दिन नगरपालिका मातहतका सम्पूर्ण कार्यालयमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिने जनाइएको छ ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै नगरसभाका कारण सामान्य सेवा प्रवाह बन्द रहने जानकारी सबै सेवाग्राहीलाई गराएको हो । सूचनाअनुसार नगरसभा सुचारु गर्न जनप्रतिनिधि र कर्मचारीहरू सबै कार्यक्रम व्यवस्थापनमा संलग्न रहने भएकाले सेवा प्रवाहमा अस्थायी अवरोध आउने बताइएको छ ।
सूचनामा भनिएको छ, “यस महालक्ष्मी नगरपालिका, ललितपुरकाे मिति २०८२\०३\०९ गते साेमबारका दिन नगरसभाकाे अधिवेशन हुने भएकाले यस महालक्ष्मी नगरपालिका ललितपुर मातहतका सम्पूर्ण कार्यालयहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बाहेक अन्य सेवा बन्द रहने व्यहोरा जानकारीको लागि याे सूचना प्रकाशन गरिएको हो। यसबाट सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी छौं।”
नगरपालिकाले आवश्यक परेमा स्वास्थ्य, र विपद् व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने यथावत् सञ्चालन हुने स्पष्ट पारेको छ । साथै, नियमित सेवा लिन चाहने सेवाग्राहीहरूले वैकल्पिक दिनमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।