३२ अङ्कले घट्यो नेप्से परिसूचक, ९ अर्ब १४ करोडकाे काराेबार


काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।
आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह तीन दशमलव १३ र जलविद्युत् समूह दुई दशमलव ७८ प्रतिशतले घटेको हो ।
बैंकिङ शून्य दशमलव ८५, विकास बैंक शून्य दशमलव ८८, वित्त एक दशमलव शून्य नौ, लगानी शून्य दशमलव ९८ जीवन बिमा एक दशमलव शून्य छ र उत्पादन तथा प्रशोधन एक दशमलव शून्य पाँच प्रतिशतले घटेको छ ।
लघुवित्त एक दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४८, व्यापार शून्य दशमलव ७१ र अन्य समूह शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।
जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।