Ad Image

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/janamat sansad.jpg

बर्दिया । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सांसद सुमन शर्मा रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले जेठ १६ गते पुर्जी जारी गरेको पर्सा प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्राप्त जानकारी अनुसार रायमाझीमाथि ३ लाख रुपैयाँभन्दा बढी रकमको चेक बाउन्स भएको आरोप छ । उक्त विषयमा अनुसन्धानका लागि पर्सा प्रहरीले बर्दिया प्रहरीलाई समेत पत्राचार गरिसकेको छ ।

हालसम्म सांसद रायमाझीसँग सम्पर्क हुन नसकेको जनाइएको छ । उनी जनमत पार्टीबाट समानुपातिक सांसदका रूपमा लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्दै आएकी छन् ।