Ad Image

भिजिट भिसा प्रकरणमा छानबिन समिति छिट्टै बन्छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda-.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको तयारी भइरहेको बताएका छन् । 

प्रमुख तीन दलबीच भएको सहमति अनुसार समिति छिट्टै बन्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय अवरोध त्यसपछि हट्ने विश्वास व्यक्त गरे ।

दाहालले भिजिट भिसा प्रकरण धेरै वर्षदेखि चल्दै आएको गम्भीर विषय भएको र यसमा अन्तर्राष्ट्रिय पक्षहरू पनि संलग्न हुन सक्ने भएकाले गम्भीर छानबिन आवश्यक रहेको बताए ।

उनले माओवादीले सधैं राष्ट्रहितलाई प्राथमिकता दिँदै सत्ता र प्रतिपक्ष दुबै भूमिकामा जिम्मेवारी निभाएको दाबी गरे ।

सरकारले एक महिनाभित्र छानबिन समिति बनाउने प्रतिबद्धता जनाएको हुँदा निरन्तर अवरोध उचित नहुने दाहालको भनाइ छ । उनका अनुसार संसद् सहज बनाउन माओवादीले लचिलो भूमिका खेलेको हो ।