Ad Image

बालेनले भ्रष्टाचार गरेको भन्दै युवराज सफलले हाल्यो अख्तियारमा उजुरी

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन बालेन साहविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्तासमेत रहेका अभियन्ता युवराज सफलले काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत र लिफ्ट जडानमामेयर बालेनले अनियमितता गरेको दावी गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

मेयर बालेनमाथि महानगरको भवन मर्मत र लिफ्ट जडानमा बिनाप्रतिस्पर्धा पुमा निर्माण कम्पनीलाई दिएर ४ करोड २ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप उजुरीमा लगाइएको छ ।

यस प्रकरणको गम्भीर अनुसन्धान गरी मयेर बोलन लगायतलाई हदैसम्मको कारवाही गर्न पनि माग गरिएको छ । यसअघि सफलले नै लिफ्ट जडानमा १ करोड रुपैयाँ बढीको भ्रष्टाचार भएको उजुरी दिएका थिए । तर उनले फेरि रकम थप गरेर अर्को उजुरी दिएका हुन् ।