Ad Image

सोमवार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/doha.PNG

काठमाडौं । सोमवार राति रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज दिउँसो १२ बजे हुने भएको छ । इरानले कतारमा आक्रमण गरेपछि सोमवार राति ११ बजेको उडान रद्द भएको थियो । 

सोमवार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । सूचना आएसँगै उडान रद्द भएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए । दोहा जान लागेका यात्रुहरु राति विमानस्थलमै बसेका थिए । अहिले पनि उनीहरु विमानस्थलमै छन् । 

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।