Ad Image

मुग्लिङ–नारायणगढ सडकमाथि अड्किएको ढुंगा हटाइँदै, २ घण्टा सडक बन्द

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sadak mugling.PNG

काठमाडौं । मुग्लिङ–नारायणगढ खण्डको चितवनमा सडकमाथि अड्किएर बसेको ढुंगा हटाइने भएको छ । ढुंगा हटाउनका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्म मुग्लिङ–नारायणगढ खण्ड बन्द गरिने भएको छ । 

तुइन खोला नजिकै पहिरोको जोखिम भएको हुनाले भिरमा अड्किएको ढुङ्गा हटाउन लागेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले जनाएको छ । 

दुर्घटना न्यूनीकरण गर्न सडकको माथिल्लो भागमा जम्मा भएर बसेको गेग्रान समेत ट्राफिक प्रहरीले स्थानीय निकायको सहयोगमा हटाउन लागेको बताइएको छ ।