Ad Image

कैलालीमा ८० वर्षीय वृद्ध मृ*त फेला, भान्जा प्रहरी नियन्त्रणमा

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sab.jpg

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा एक ज्येष्ठ नागरिक मृत फेला परेका छन् । 

८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर भान्जा नाता पर्ने बर्मा भण्डारीको आँगनमा लडेको अवस्थामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

घटनास्थलमै ज्यान गुमाएका जैशीको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिए पनि मामा–भान्जाबीच आर्थिक लेनदेनको विषयमा विवाद रहेको आशंका उठेकाले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जैशीको शव भने अझै घटनास्थलमै छ । उनका छोरा काठमाडौंबाट आउँदै गरेका कारण शव नउठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।