Ad Image

सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने रास्वपा सदस्य पौडेल पक्राउ

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za raswapa.jpg

काठमाडौं । सामाजिक सञ्जालमार्फत आपत्तिजनक सामग्री पोस्ट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी चितवन–३ का क्षेत्रीय सदस्य विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर ब्युरो स्रोतका अनुसार पौडेलले परराष्ट्रमन्त्री आरजु देउवाका भाइ भूषण राणा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौजसहितको पोस्ट गरेका थिए ।

उनले गृहमन्त्री लेखकलाई ‘मानव तस्कर’को आरोप लगाउँदै अनुहार बिगारिएको तस्बिरसमेत फेसबुकमा सार्वजनिक गरेका थिए । प्रहरीको साइबर ब्युरोले उनलाई चितवनबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याएको हो । 

काठमाडौं जिल्ला अदालतबाट विद्युत् कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको ब्युरो अधिकारीले जानकारी दिएका छन् ।

हाल पौडेल प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।