नवलपरासीमा सर्पले डस्दा एक महिलाको मृ*त्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति करिब ९ बजे घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो ।
तत्काल उपचारका लागि कालीगण्डकी अस्पताल, कावासोती लगिए पनि राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
डस्ने सर्पको प्रजाति अझै पहिचान हुन सकेको छैन । गर्मीयाम सुरु भएसँगै जिल्लामा सर्पदंशका घटनाहरू बढ्न थालेका छन्, जसले सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको देखिएको छ ।