गण्डकी प्रदेशसभा : बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू


गण्डकी । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट र मन्त्रालयगत विनियोजनमाथि जारी छलफलको क्रममा आज मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरका अनुसार केही मन्त्रालयका मन्त्रीहरूले आजको बैठकमा जवाफ दिने छन् भने बाँकीले शुक्रबारको बैठकमा आफ्ना मन्त्रालयसम्बन्धी प्रश्नहरूमा प्रतिक्रिया जनाउने छन् ।
असार १ गते प्रदेश सरकारले आगामी आवको बजेट प्रस्तुत गरेपछि असार ४ गतेदेखि बजेटमाथि छलफल सुरु भएको हो । बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सम्पन्न भएपछि बजेटलाई पारित गर्न प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरिने सचिवालयले जनाएको छ ।