Ad Image

राष्ट्रिय सभा बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0000 rastrya.jpg

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न समसामयिक विषयमा सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

शून्य समयमा उठाइएका प्रश्नहरूमा वैदेशिक रोजगार, स्थानीय प्रशासन, स्वास्थ्य, वातावरण, सडक पूर्वाधार, विपद् तयारी र ऊर्जा स्रोतको सदुपयोग जस्ता विविध मुद्दा समेटिएका थिए ।

सदस्य कृष्णबहादुर रोकायले भारतको उत्तराखण्डमा आकर्षक रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका नेपाली युवाको उद्धार भएको भन्दै दोषीलाई पहिचान गरी कारबाही गर्न माग गरे ।

घनश्याम रिजालले हाल २०१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै शीघ्र पठाई स्थानीय सरकारको काम कारबाही सहज बनाउन आग्रह गरे ।

रेणु चन्दले माओवादी केन्द्र बैतडीको कार्यालयमा भएको आगलागीप्रति चिन्ता व्यक्त गर्दै यसमा संलग्न दोषीको खोजी गरी कारबाही गर्न सरकारसँग अनुरोध गरिन् ।

विष्णुकुमारी सापकोटाले दैलेखमा भेटिएको ग्यास भण्डारणले आम नेपालीमा उत्साह थपेको बताउँदै त्यसको सदुपयोग रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि गर्नुपर्नेमा जोड दिइन् ।

विष्णुदेवी पुडासैनीले प्रदूषण नियन्त्रणका लागि मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सुझाव दिइन् भने, विष्णुबहादुर विश्वकर्माले कोरोना र देशभर फैलिएको डेंगु नियन्त्रणमा तत्काल कदम चाल्न माग गरे ।

त्यस्तै कृष्णप्रसाद अधिकारीले नवलपरासीको दाउन्ने सडकमा वर्षेनी हुने क्षति र समस्या समाधान गर्न, पुनःनिर्माण र विपद् पूर्वतयारीमा सरकारले ध्यान दिनुपर्ने बताए ।

सावित्री मल्लले दैलेखमा भेटिएको एक अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यासको व्यवस्थापन र प्रयोगले देशको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्न् ि।

बैठकमा उठाइएका विविध आवाजले नीति निर्माण तहमा समसामयिक जनचासोलाई प्रतिबिम्बित गरेको देखिएको छ ।