बीबीए क्रिकेट कप सारिएको विरोधमा केसीएमआईटी कलेजमा विद्यार्थीको आन्दोलन


काठमाडौं । कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फोर्मेसन टेक्नोलोजी (केसीएमआईटी) कलेजमा आयोजना हुने भनिएको बीबीए क्रिकेट कप २०२५ को (BBA Cricket Cup–2025) खेल अनपेक्षित रूपमा ४–५ महिनासम्म सारिएको भन्दै विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध विरोध जनाएका छन् ।
खेलका लागि देशभरका बीबीए अध्यापन हुने क्याम्पसहरूबाट प्रतिनिधित्व गर्न बोलाइएका विद्यार्थीहरूले खेल सार्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै सोमबार कलेजको मुख्य गेटमा बिहीबार गरेका छन् ।
दुई महिनादेखि तयारीमा जुटिरहेका बेला क्याम्पसले अचनानक खेल सार्ने गरेको निर्णयप्रति सम्पूर्ण क्याम्पसबाट प्रतिनिधित्त्व गर्ने विद्यार्थीहरूको सहमति नरहेको टिकाराम खत्रीले जानकारी दिए ।
‘हामी सबै विद्यार्थीको भावनालाई बेवास्ता नगर्न र हाम्रो माग सम्बोधन गर्न प्रशासनसँग आग्रह गर्छौं,’ एक विज्ञप्तिमा उल्लेख छ, ‘यदि माग सम्बोधन भएन भने उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी कलेज प्रशासनले लिनुपर्छ ।’
प्रशासनले भने हालसम्म घटनाबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।