लमजुङमा अमेरिकन प्रविधिबाट सडक कालोपत्र सुरु


लमजुङ । दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा अमेरिकन ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्र सुरु गरिएको छ ।
गण्डकी प्रदेशको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङले तीन किलोमिटर सडकमा कालोपत्र सुरु गरेको हो ।
७.१२१ किलोमिटर लम्बाइको यो सडकको कालोपत्र आगामी दसैँतिहारसम्म सक्ने लक्ष्य राखिएको छ । निर्माण कम्पनी कन्टेक प्राइभेट लिमिटेडले २०७७ मा सम्झौता गरे पनि पटक–पटक म्याद थप गर्दै हालसम्म पनि काम अधुरै छ ।
प्रदेश सरकारले २६ करोड २९ लाखको लागतमा निर्माण सुरु गरेको यो योजनामा हालसम्म २१ करोड भुक्तानी भइसकेको छ । निर्माण ढिलाइको कारण बजेट अभाव पनि एक कारण भएको कार्यालयले जनाएको छ ।