Ad Image

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/zazaza khane-pani.jpg

कालीकोट । रास्कोट नगरपालिका–३ स्थित सागाटिया, कुमाल वाडा र नैकला टोलका १७८ दलित घरधुरीमा ‘एक घर, एक धारा’ योजना अन्तर्गत खानेपानी जडान गरिएको छ ।

पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याएर घरघरमै धारा स्थापना भएपछि पुस्तौँदेखिको पानीको समस्या अन्त्य भएको हो ।

करिब डेढ करोड लागतमा हेल्भेटास नेपाल, रास्कोट नगरपालिका र हुरेन्डेक नेपालको सहकार्यमा योजना सम्पन्न गरिएको हो । साथमा सरसफाइ सुधारका संरचनाहरू पनि निर्माण गरिएको छ ।

नगरप्रमुख धर्मराज शाहीले यसलाई नमूना योजना भनेका छन् भने उप–प्रमुख मनिराज बरालले यो सामाजिक न्यायको अभ्यास भएको टिप्पणी गरे ।