Ad Image

सम्भावित विपद्का लागि पूर्वतयारी अवस्थामा सरकार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramesh-lekhak.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनको समयमा बाढी, पहिरो, डुबान जस्ता सम्भावित विपद्का लागि सुरक्षा निकायमार्फत पूर्वतयारी अवस्थामा सरकार रहेको बताएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले उद्धारका लागि हेलिकप्टर र सबै प्रदेशमा आपत्कालीन सहायता केन्द्र सञ्चालन गरिएको जानकारी दिए ।

विपद्‌ व्यवस्थापन प्राधिकरणका कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टले स्थानीयस्तरको सहयोग महत्त्वपूर्ण हुने बताए भने मौसम विभागका प्रमुख कमलराम जोशीले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको जानकारी गराए । 

समितिले सम्बन्धित निकायलाई तयारी थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।