लागुऔषध नियन्त्रणमा सबैको सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की


इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुऔषध दुव्र्यसन नियन्त्रणमा सबैको सहकार्य र समन्वय अनिवार्य रहेको बताएका छन् ।
इनरुवामा जिल्ला प्रहरी कार्यालय र फ्यान जिल्ला कार्यसम्पादन समितिले आयोजित कार्यक्रममा उनले व्यक्ति, परिवार र समाजले आ–आफ्नो ठाउँबाट समन्वयात्मक भूमिका निभाउनुपर्नेमा जोड दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले दुव्र्यसनविरुद्ध प्रदेशका विभिन्न ठाउँमा अभियान सञ्चालन भइरहेको जानकारी दिए ।
उनले लागुऔषध मुक्त गाउँ, नगर घोषणा गर्दै समस्या नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।