Ad Image

संघीय लोकतान्त्रिक मोर्चाको बैठक निष्कर्षबिहीन, आइतबार फेरि बस्ने

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/loktantrik.PNG

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक निष्कर्षबिहीन टुंगिएको छ । नागरिक उन्मुक्ति पार्टीले बिहीवारका लागि बोलाएको बैठक कुनै निर्णय नगरि टुंगिएको हो । 

रुपन्देही क्षेत्र न. ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजवन्दी रिहाइ, विविध लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

आ–आफ्नो पार्टीमा छलफल गरेर आइतबार फेरि बैठक बस्ने निर्णय भएको बताइएको छ । 

बैठकमा जसपा नेपालका उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन राम कुमार शर्मा,। नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, लालबिर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, सिएन थारु लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतका अब्दुल खान, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाका वृषेशचन्द्र लाल, ब्रज किशोर सिंह सहभागी थिए ।