संसद् खुलाउन गरेको सहमति कतिपय नेताले नबुझेको प्रचण्डको गुनासो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोध खुलाउन गरेको सहमतिलाई पार्टीकै कतिपय नेताले नबुझेर आलोचना गरेकोप्रति गुनासो गरेका छन् ।
पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको पूर्ण बैठकमा बोल्दै उनले विद्यालय ऐन, निजामती र नागरिकता विधेयक जस्ता महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले सरकारलाई संसद् नचाल्ने रणनीति रहेको आरोप लगाउँदै, ‘सदन भङ्ग गराएर अध्यादेशबाट शासन गर्ने चाहना देखिएको छ,’ भने ।
सत्तारूढ दलभित्रको दूरी बुझेर आफूले पहल गरेको स्पष्ट गर्दै उनले केही व्यक्तिहरूले जानाजान नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए ।