Ad Image

सर्वोच्चले डा.मुकुलको रिटमा दुवै पक्षलाई असार १७ गते बोलायो

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbchha adalat.JPG

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा.मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ । 

सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुईँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको आजको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए। डा.ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री कायम राख्नुपर्ने र निर्वाचन आयोगको अभिलेख पनि कायम गर्नुपर्ने मागसहित बुधवार रिट दायर गरेका थिए । 

इजलासले निर्वाचन आयोगको अभिलेखबारे समेत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको प्रवक्ता कुईँकेलले जानकारी दिए। सर्वोच्चले डा ढकालको मागअनुसार अन्तरिक आदेश जारी नगर्नुपर्ने कारण १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ ।