नगर प्रमुख चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएर नरोकि हिँडेपछि...
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ४ महिना अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ४ महिना अगाडि
                             
                                                            गुल्मी । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी सवार पालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिकाको बा ०२–०१६ नम्बरको गाडीले बुटवल उपमहानगरपालिका–१४ तामनगरमा मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मुसिकोट नगरपालिका–१ निवासी रञ्जित खत्री घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिएर गाडी नरोकि अगाडी बढेपछि स्थानीयले गाडी रोकेका थिए । उनीहरुले मान्छेलाई ठक्कर दिएर गाडी भाग्न खोजेको भन्दै गाडीमा सवार मेयर लगायतका कांग्रेस नेताहरुलाई हातपात समेत गरेका छन् ।
अहिले प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
 
                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                    
Facebook Comments