सिराहामा आफ्नै घर अगाडि भेटियो युवकको श*व, ह*त्याको आशंका


सिराहा । सिराहाको अर्नमा गाउँपालिका–१ बुढियाचापमा एक जना युवकको शव फेला परेको छ । बुढियाचापका रामसेवक महराका छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव शनिवार बिहान घर अगाडि फेला परेको हो ।
अजयलाई कसैले मरणासन्न हुनेगरि कुटपिट गरेर घाटिमा प्लास्टिकको पासो लगाएको अवस्थामा शव फेला परेको स्थानीय बताउँछन् ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। मानसिक समस्या समेत भएका महराको घरमा श्रीमतीसँग केही दिनदेखि लगातार झगडा भइरहेको समेत स्थानीयले बताएका छन् ।
स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराए लगतै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
महराको मृत्यु शंकास्पद रहेकोले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेशबाट तालिम प्राप्त कुकुर आइरहेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए। उनले भने, ‘हत्याको आशंका रहेकोले तालिम प्राप्त कुकुर ल्याइएको र अनुसन्धान भइरहेको छ।’