स्पेन भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदमा गराए जानकारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन्। प्रतिनिधि सभाको शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन्।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी साँझ औपचारिक भ्रमणमा जान लागेका छन् ।
आज साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरू हुने उनले बताए। असार १५ गते उनी स्पेन पुग्नेछन्। भ्रमण टोलीमा २१ जना सहभागी हुने उनले जानकारी गराएका छन् । भ्रमणमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत हुनेछन् । परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन् ।
भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनले बताए।