एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव संसद्को शिक्षा समितिबाट पारित


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश तहबाट सञ्चालन गर्ने प्रस्ताव संसद्को शिक्षा समितिबाट पारित भएको छ। शनिवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा एसईई प्रदेशबाट सञ्चालन गर्न दिने सहमति भएको हो ।
सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।
जसका लागि प्रदेशले बोर्डसँग समन्वय गर्नेगरी समितिले विधेयकमा प्रस्ताव अघि बढाउने भएको हो । मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको थिएन । उपसमितिले पनि एसईई नराख्ने सहमति थियो । यद्यपि प्रदेशबाटै एसईई सञ्चालन हुनेगरी शनिबार समितिले पारित गरेको हो ।