Ad Image

प्रधानमन्त्री ओलीले भने–महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्छौं

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp-olizz.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने बताएका छन् । मदन भण्डारीको ७४ औँ जन्म जयन्तीमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अझै पनि महाकाली सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका हुन् । 

उनले भने, ‘महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ । सम्झौता अनुसार बिजुलीको पैसा लिइराखेका छौँ । पानी लिँदैछौँ, लिन्छौँ । सम्झौता अनुसार चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ ।’ 

उनले नेकपा एमालेले राष्ट्रको सार्वभौम सत्ता, सम्प्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता र स्वभिनालाई अलिकति तलमाथि हुन नदिने स्पष्ट पारे । उनले बहुदलीय जनवादले यसलाई नसहने बताए । 

उनले भने, ‘दिउँसै टर्च बालेर खोज्दा नभेटिने गरी धुलो पार्छु भनियो । नेकपा धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्छु भन्नु बेग्लै कुरा हो । तर, नेकपा एमाले साधारण फलामको टुक्रा होइन ।’